तिमीले मलाई पटक्कै मन नपराउन पाइन्छ।
ठीक छ पराइलाई त्यसरी कराउन पाइन्छ।
म मरूभूमिलाई घाँसेमैदान बनाउँन चाहन्छु।
मेरो खेतीमा तिम्रो बस्तुभाउ चराउन पाइन्छ।
अतितलाई सम्झेर न हाँस्न न रुन सकियो।
विगत सम्झँदै ती आँखा फर्फराउँन पाइन्छ।
असल मित्रताको पहिचान दिने बेला यहीँ हो।
पराई जिताउन आफ्नोलाई हराउन पाईन्छ।
खुसी हुने हरेक समय तिमीलाई सम्झन्छु।
दुःख दिने बहानामा काम अराउन पाइन्छ।
दमौली, तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला