
सिन्धु पौडेल (इजरायल
जब म
उनीहरुको समिपमा जान्छु
समुद्र किनारमा
र मान्छेको छेउमा
समुद्र मलाई स्पर्श गरेर भाग्छ
मान्छे मलाई झम्टन्छ
समुद्र मायाले सुमसुम्याउँछ
मान्छे हिंसाले चिथोर्छ
उसको एकल साम्राज्य भएको
तटमा फगत एक्लो भेट्दा पनि
समुद्र छाल उरालेर आउँदा
म डराएको देखि
मायाले चुम्बन मात्र गरेर जान्छ
उसको स्पर्शले म पग्लिन्छु
यद्यपि ऊ केही गर्दैन
तर मान्छे
खोजेर धाउँछ
लखेटेर आउँछ
भीडमा पिछा गर्छ
एकान्तमा अभर पार्छ
निरीहतामा बलात्कार गर्छ
र मान्छेले मान्छेलाई सताउँछ
मेरा अङ्ग प्रत्यङ्गमा समाहित
समुद्रको चाल देखेर
भयभित मलाई
ढाडस दिँदै
समुद्र सम्झाउँछ
नडराऊ
म तिमीलाई बलत्कार गर्दिन
किनकी
म मान्छे हैन ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 









