रम्बास कविता रूख

ऊ
हेर
त्यो रुख
झाङिएको
पोहोर काटे
त्यैपनि पारिलो
छैन आँगन मेरो
मास्नै परे अब आजै
बनचरो खुकुरी आरी
धारिला छन् सबै औजार
दह्रो दाउरा बेच्न मिल्छ
पारिलो हुन्छ आँगन
आँक्सिजेन किन्छु म
चाँहिदैन तेस्तो
चिप्लो आँगन
चाँ हि दै न
छाहारी
तेरो
ल
गुवाहाटी,असम