साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः समाजको म

श्याम राज ओझा

आवरणको मूल्याङ्कनमा व्यस्त समाजको
अदृश्य कण मध्येको एक हुँ म
समाजले पहिरन हेरेर मेरो परिचय बनाउँछ
म म लाई हेरेर मेरो परिचय बनाउँदिनँ
म को हुँ स्वयं मलाई थाहा छैन
तर समाजको अँखामा कि गरिब हुँ कि धनी
यी दुई मध्ये एक त पक्कै हुँ

ठूलो घर र ठूला भोजहरु
समाजलाई मन पर्छन भनेर
मेरा साथीहरू त्यसैको जोहोमा व्यस्त छन्
म भने म लाई खोजिरहेछु लामो समय देखि
म किन र कति दिनका लागि जन्मे
हुन त सीमित दिनको जिन्दगीमा
जन्मनुको कारण था पाएर पो के गरौंला
मानौं धेरै धनी बन्न जन्मेको हुँ
तर धनले मर्ने बेला के गर्ने
मानौं धेरै नामी बन्न जन्मेको हुँ
तर नामले मर्ने बेला के गर्ने
शोषक धनी र बदनामित नामी बनेको सहरमा
गर्न त म के गरौंला
तर मरेको लास जलाउन पनि पैसा लाग्ने समाजमा छु म
त्यसैले बेलाबेला चिन्तित पाउँछु आफैलाई

सम्बन्धित पोस्टहरु

कविता – शङ्का लाग्छ

bahulako diary small and inside post

भो जिउँदो म हुँदाहुदै मृत म को बारेमा
किन सोचिरहनु
बरु हिाडिरहन्छु यो समाजमा म म नै बनेर
बस यत्ती सोच्छु अहिलेलाई
मैले हिँड्दा कसैलाई नदुखोस्
म बाट कसैलाई घात नहोस्
सके भलो नसके कुभलो नगरुँ अरुको
यसैमा सन्तुष्ट भएर हिँड्नुछ शान्त सुखायको बाटोमा
म समाजको म भएर होइन
आफ्नै म भएर हिँड्नैपर्छ शान्त सुखायको बाटोमा ।

म श्याम राज ओझा हो, त्रिभुवन विश्वविद्यालयको विद्यार्थी !साहित्यमा रुचि राख्छु।

 

 

प्रतिक्रिया
Loading...