साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

प्रेमान्तर

Chovar Blues Mobile Size

आमाको आशीर्वाद बोकेर
चन्द्रमा छुन हिँडेको मान्छे म
बाटैमा भेटियौ तिमी मध्यरातमा ।
कुनै अन्धकार जङ्गलको बीचमा
इशारा गरिदियौ छेउकै इनारतर्फ
पूर्णिमाको पूर्ण चन्द्रमा टिप्न
गल्ती गर्यौ तिमीले, केही त पक्कै
नत्र
आमाले सानो छँदा थालमा पानी राखेर
चन्द्रमा देखाएजति आनन्द किन पाइनँ मैले ?

 

प्रतिक्रिया
Loading...