साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः स्कुल छुटेका नानीहरूको सम्झनामा

श्रीमान्
तारे होटलको भव्य सेमिनारमा
तपाईंले भन्नलाई त भनिदिनुभो
शिक्षकहरू हो बकवास बन्द गर
नानीहरू स्वयम् खुला पुस्तक हुन्
तिनका पन्ना पन्ना पढ

महोदय
सधैँ रोग भोक र शोक सुसेल्दै
अबिरल बगिरहने भेरीको तीरमा
पढेका अनगिन्ती पन्नामध्ये
विरह वेदना र दुर्भिक्षले भरिएको
केवल एक पन्ना तपाईंलाई सुनाउँ कि भन्छु
के तपाईंसँग टेरेसाको मुटु छ र

bahulako diary small and inside post
भूपाल आचार्य

सहेर छातीमा सत्ताको सौतेलो बेहोरा
मुक्ति र समताको सपना देखिरहने
स्वाभिमानी सिस्नेको डिलमा बसेर
पढेका अनगिन्ती पन्नाहरूमध्ये
अन्याय अत्याचार र त्रासले भरिएको
केवल एक पन्ना तपाईंलाई सुनाऊँ कि भन्छु
के तपाईंसँग नाइटिङ्गेलको लालटिन छ र

युगौँदेखि शोषणको साङ्लोमा बाँधिएर
सधैँ आँसु रङ बगिरहने राप्तीको किनारमा
पढेका अनगिन्ती पन्नाहरूमध्ये
विभेद व्यभिचार र व्यथाले भरिएको
केवल एक पन्ना तपाईंलाई सुनाऊँ कि भन्छु
के तपाईंसँग मण्डेलाको मन छ र

सम्बन्धित पोस्टहरु

कविता : शुभयात्रा !

कविता :  हेडसर 

श्रीमान्
त्यो भेरीको तीरदेखि
यो राप्तीको तीरसम्म आइपुग्दा
कतै कक्षाकोठा भित्र कतै कक्षाकोठा बाहिर
कतै खेत खलियानमा कतै धारा पधेरीँमा
कतै वनपाखामा कतै भान्सा मझेरीमा
गाउँमा होस् वा सहरमा
पढेका अनगिन्ती पानाहरू छन्
जहाँ
मूल्यहीन राजनीतिको भुँवरीमा निस्सासिरएर
स्कुल छुटेका नानीहरूका दुस्खान्त कथा छन्
सामाजिक विभेदको जाँतोमा पिसिएर
पढाइ बिग्रिएका नानीहरूका दर्दनाक व्यथाहरू छन्
स्वार्थ र बेइमानीको क्रुर साङ्लोले बाँधेर
भट्टी भट्टा र कोठी पुर्‍याइएका नानीहरूका
आँसु रगत र वेदनाका कारुणिक चित्र छन्
महोदय
यी सबै सबैको जीवनको अन्धकार दूर गर्न
के तपाईसँग ‘प्रमिथस’को आगो छ र

छैन छैन छैन
जरुर छैन
त्यसैले त श्रीमान्
दोषको भारी शिक्षकको टाउकोमा खन्याएर
चैनको निद्रा सुत्नुभाछ

तर
मालीले बिरूवा स्याहारे झैँ
आफैँले ‌औंला समाएर हुर्काएका मुनाहरू
आफ्नै आँखाअघि निमोठिएको हेरेर
म शिक्षक कसरी हाँस्न सक्छु र
आँखा वरिपरि नाचिरहने निश्छल चेहरा
अब कहिल्यै स्कुल नआउने खबर सुनेर
म शिक्षक कसरी निदाउन सक्छु र

 

भूपाल आचार्य
शिक्षकस् श्री दीपेन्द्र माध्यमिक विद्यालय, मानपुर, दाङ
सम्पर्क नं  ९८४८७९५६५४

लेखक परिचय
प्रतिक्रिया
Loading...