विपिन तिवारी
खबरदार
म झरी पर्दैछु
बाटो भत्काउँछु
बिजुलीको खम्बा लडाउँछु
खबरदार म
झरी पर्दैछु ।
तिमीहरू बुलडोजर ल्याउनू
बाटो बनाउनू
म बाटो भत्काउँछु ।
बिजुलीको खम्बा
फेरि गाड्नु
म फेरि लडाउँछु ।
खबरदार म
झरी पर्दैछु ।
तिमी
विकास विकास
भन्दै के के
निकास निकास
गर्नु/बनाउनु ।
म
मेरो झरीको ताण्डवमा
विनाश विनाश
सबै भत्काउँछु ।
भट्टी लगाउनु
रूख काट्नु
खोला नाला सुकाउनु
बाँध लगाउनु ।
म झरी दर्कने पर्छु
भल पहिरो ल्याउँछु
सबै बगाउँछु
अनि
बिचल्ली तानाशाह
ताण्डव मच्चाउँछु ।
खबरदार म
झरी पर्दैछु ।
खबरदार म
झरी पर्दैछु ।
सिक्किम, भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला