साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

देशलाई प्रश्न

 

 

झोलाहरु बोकेर
बिहानै बसुन्धराबाट झर्थिन
र साझमा घर फर्किन्थिन
मेरि धर्मपत्नी
सहरको प्रख्यात अस्पतालमा
सरसफाइको काम गर्थिन ।

हरेक दिन हिडेर जान्थिन
अनि हिडेरै आउथिन
अनि आएर
उनी भात पकाउथिन।

bahulako diary small and inside post

अकस्मात !जब एक रात
ढोकाहरु ढक्ढकाएर
प्रबासको
कुनै सरकार झै गरेर
घरबेटी आयो
अनि दस मिटर परबाट
हाम्रो अनुहारलाई हेर्दै
यो बातायो कि
ृजसरी पनि अबको दुइ दिनमा
यो रुम खाली गर
अनि आफ्नौ गाउँ घर जाउ
किनकी,
तिमिले काम गर्ने (टिचिङ्ग) हस्पिटलमा
भर्खर कोरोना भाइरस देखिएको छ।

“हाम्रो जाने ठाउँ कहि छैन हजुर“
भनेर
अनि रोएर हजार बिन्तीहरु बिसायौ
तर, अफसोच
हाम्रो आसुले कसैको अनुहार भिजेन
दरवार साहुको ‘‘‘
मन पग्लिएन ।

लाचार भएर अनि हतार हतार
सारा सम्पतीहरु बजारमा बेचेर
अनि घरभाडा तिरेर
हामी सडक किनारमा आयौ ।

र कुनै फुटपाथको बेसाहारा झै गरेर
कयौ दिन त्यही खाते भएर बितायौ ।

सिङ्गो सहरको हित्तको निमित्त
काम गरिरहेकाहरुलाइ हतोत्साहित गरियो
र लखेटियो हामिहरुलाइ त्यही सहरबाटै।

प्रसासन आयो अनि लकडाउन भनेर उठायो
र खेदायो हामिहरुलाइ
तर सरकार आएन र बोलाएन
हामिहरुलाइ र केही पनि दिएन ।
जुन बखत,
सहरमा हामिले चिनेको कोहि पनि थिएन ।

हामी बेसाहारा थियौ
अनि बेसाहारै भयौ
र अन्तत
एकसाथ हामी आफ्नै गाउँ फर्कियौ ।

रित्तो पासपोर्ट बोकेर
या,मानौ कि भिसाबिहिन
भारतको बाटोहरु हुँदै
हप्ता महिनौ दिन लगाएर
लगातार
स्वदेस हिडिरहेको नेपाली कामदारहरु झै गरेर
हो हामी फर्कियौ
आ(आफ्नु काधमा एकएक ओटा बच्चाहरु चेपेर

तर,स्वागत भएन गाउमा
हामिहरुलाइ बहिस्कार भयो
जहाँ , निधेस लेखिएको
प्रेबेसद्वारको दिवारमा टागिएको थियो
काढे तारको बार

त्यही दोधारमा बसेर
म सोचिरहेथे
अब हामी कहाँ जाने
के खाने ?
र कोरोनाकै बिसयलाइ लिएर
गाउँ सहरबिच यति अन्तरद्वन्द छ
किन यति धेरै आफैमा आन्दोलित छ
बिबादित छ आज बिभाजित छ
यो सिङ्गो गाउँ। सहर
र आफू आफुमै बिखन्डित छ ?

सहरले झोला लिएर गाउँ जा भन्यो
यसैले ,म गाउँ गए
गाउले फर्किएर फेरि सहर जा भन्यो
र म ऐले,अलपत्र भए
सरकार
आखिर हामी कुन ठाउका नागरिकहरु थियौ
बिचलित भएर म सोचिरहेथे।

अतीत! त्यहि नगरको बिकासको निमित्त
आफनै मुखको गाँसहरु झिकेर
अनि चन्दाहरु दिएर
बनाएको त्यही बाटोहरुमा
हाम्रा आफ्नै आखाका आसुहरु खसिरहे
र त्यही आसुहरुलाइ कुल्चिएर अघाडि बढिरहेथ्यो
कसैको चिल्लो कार गाढि।

एकरात
अकस्मात उनी बिरामी भैन
आखाहरु उठाएर पनि
अन्धो झै गरेर हेरिरहेको सिमाना बारिको गाउ
यो मेरो जिम्मेवारि हैन भनिरहेथ्यो
र भनिरहेथ्यो मेयर
यो तिम्रो नागरिक हो
यसैले यस्लाइ पारि लैजाउ

स्थानिय प्रेदेसिय र सङ्गघिय सरकारहरु झै
गरेर उनिहरु बाजिरहेथे
र आफ्नै देसमा आएर पनि
प्रबेस नपाएर कर्णालिको किनारमा न्यास्रीरहेका नेपालीहरु झै
निन्याउरो अनुहार लगाएर
म दुइ देसको दोधारमा बसिरहेथे ।

त्यसको ठिक भोलीपल्ट
मैले आफुलाइ अस्पतालमा पाए
अनि रोए कराए र चिच्याए
किनकी,मैले यो समचार थहा पाए कि

प्रसब ब्यथाले रन्थनिएर छट्पटाइरहेकी
मेरि श्रीमतिलाइ
अस्पतालले कोरोना सङ्गक्रमित भनेर
इन्कार गरेको थियो
अनि तीस बर्सको
कलिलै उमेरमा उन्ले अकाल मर्नु परेको थियो।
र उनिसङ्गै एकसाथ
बाचिरहेको गर्भको बच्चा पनि मरेको थियो ।

उपचार,आहार अनि बाँसस्थान र कपास
यो देसको बिधानले नै प्रत्याभुत गरेको
नागरिकहरुको नैसर्गिक अधिकार हो
सरकार!

भ्रस्टचार गर्नेहरुलाई
बारम्बार पुरस्कार दिन्छ
यो देसमा तर बर्सौ बर्स लगातार
किन इमान्दार भएर काम
गर्नेहरुलाइ तिरस्कार गरिन्छ ?

सरकार
अर्काको ज्यान जोगाइरहेकाहरुको
लागि सम्मान खै ?

ए!समाज ! तेरो अनुहारको रुप
र निधारको तक्दिर फेर्न
मैदानमा मौजुद भैरहेका
महान सिपाहीहरुलाइ
प्रोत्साहान खै ?
राम्रो काम गर्ने तमाम मान्छेहरुलाइ सलाम खै ?

आफू फलामको तारमा हिडेर
अनि तेरो परिवार बचाइरहेकाहरुलाइ
उचित ब्यहवहार खै ?

अनि कहि पनि (अन्त) आवास नपाएर
तलाइ आफ्नु (आफन्त)सम्झिएर स्वदेस
आइरहेकाहरुलाइ सुरछित ओछ्यान खै?

सायद सतिको अभिसाप परेको यो देसमा
सत्कर्म गर्नेहरुको हालत अन्तत त्यही नै हुन्छ।
र यो समाज र यो देसको त्यो घटिया आदत
अब सात जन्मसम्म यथावत रहन्छ।

यहाँ ,अकाल मरिन्छ मुला नेपालमा किन?
मरिन मेरि श्रीमती
अस्पतालमा आएर पनि
उपचार नपाएर
सरकार !
हो मरिन मेरि श्रीमती
अस्पतालमै मरिन।

डाक्टर !
‘‘
र त्यो त्यही अस्पताल थ्यो
जहाँ,उनले बर्सौ वर्ष काम गरेकी थिइन् ।

 

प्रतिक्रिया
Loading...