साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः बालअधिकार

अशोक कुमार कार्की

एकतामा वद्ध भै मिली अघि बढौं
आफ्नु हक खोस्नलाई लड्नसम्म लडौं

नदिनु है बाबा – आमा गाली हामीलाई
बरु दिनु राम्रो काममा ताली हामीलाई

bahulako diary small and inside post

श्रम शोषण त्यो दुर्व्यवहार अन्त्य गर्नलाई
जागौ आजैबाट बालबालिका माथिको दुर्व्यवहार बन्द गर्नलाई

सबैले है साथ दिनु पर्छ बाल अभियानमा
बालककै हक हुन्छ भावी संविधानमा

कति धेरै मन्त्री अनि मन्त्रालय देशमा
भविस्यका कर्णधार बालकको भेषमा

कोपिला छौं आज हामी भोलि फूलको थुङ्गा
पानी नभै खोलामा कहाँ बग्छ डुङ्गा

ज्योती चाहिएको छ ती आँखाहरूलाई
केही त सहयोग गर्नुहोस् ती साना साना बच्चाहरुलाई ।

भोजपुर नगरपालिका १२ टक्सार

प्रतिक्रिया
Loading...