चन्द्र देव पाठक

पाठशालामा पढेका सयौँ पुस्तकहरूले पनि
बुझाउन नसकेको जिन्दगीको पाठ
अचेल मलाई
अनकन्टार मरुभूमिमा
आठ दश पानाहरूको
हरियो पुस्तक राहदानीले
सुस्तरी सुस्तरी बुझाइरहेको छ ।

ठेगाना: कञ्चनपुर, कृष्णपुर -०५
हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रामपुर चितवन जिल्लामा अध्यनरत छु ।