सपना आचार्य

गर्मी

भन्छु
आज गर्मी छ
उनी भन्छन्
समयको के दोष छ र
गर्मीले न बाटो खोल्छ
न दौडाउँछ
मौसमको बाहानामा
मानिस बेकार गफ लडाउँछ
म भन्छु
कहिले काहीँ
जिन्दगी नै गफ जस्तो लाग्छ
उनी भन्छन्
गफ खाने पिउने गर्छ र
बाहाना त चाहियो
मानिस बेकारमा गफ लडाउछ !

खुसी

तिम्रो मेरो तन्द्रा
उस्तै उस्तै तर भोगाइ अलग

तिम्रो मेरो हेराइको दुरी उही
तर अनुभूति अलग

बिहानको खुसी थाम्दा
बेलुकाको उम्कने भय
रातको खुसी खोज्दा
दिनको भाग्ने डर ।

गुनासो

तिमीले नदेखे पनि
मकै बारीमा पसिना उडाउँदा
सड्किएको ढाड
तिमी छौ र पो दुख्छ
तिमी नहुदा त
कस्को स्पर्शका लागि दुख्नु

तिमीले नदेखे पनि
तिम्रै भरोसाको चङ्गा उडाउँदा
चुडिएको मन
तिम्रो यादले पो दुख्छ
तिमीले बाटो फेरे पछि
कस्को पर्खाइमा दुख्नु !

तिलोत्तमा ३ रुपन्देही