सबैलाई आउँछ त्यो मोड
एकभन्दा बढी कुराको निर्णय लिनु पर्ने हुन्छ
सबै एक अर्कासँग खप्टिएका हुन्छन्
एउटालाई सुधार्न खोज्दा अर्को बिग्रन्छ
त्यो मोड सबै तिरबाट घेरिएको हुन्छ
बाटाहरू धेरै हुन्छन्
हेर्दा सजिलो नै लाग्छ
दुईभन्दा बढी बाटोको मिलनले
एक कठिन मोडमा पुर्याउँछ
कतिलाई त्यो मोड सजिलो बन्न पुग्छ
जितको हार लगाउनु भन्दा पहिले नै
हार लगाएर पछाडि फर्कन पुग्छन् केही
गन्तव्य त्यही शैय्या हो
हारमा आहार खाएर होस्
रेसको मैदानमा हरेश नखाएर
आफूले अरुभन्दा फरक गर्नु छ
कुनै प्रतिद्वन्द्वीको भावनामा हैन
आफूले सिकेको ज्ञानको भरपूर प्रयोग गरेर
त्यो कठिन मोडलाई पार गर्नु छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला