बाध्यताको भूमरीले
आर्तनादको पछ्यौरी ओडाएर
हावासँगै वेगमारी उडाउँदै
यो तातो-तातो भावरमा हुत्याएपछि
संवेदनाहीन चेनताशून्य
रोबर्ट जस्तै
मान्छेबाट मेसिनमा बदलिएको छु
अभिशप्त समयको पहरामा
अति उष्ण घामको लहरामा
चमेरो जस्तै तुन्द्रुङ्ग झुन्डिएर
बालुवाका भित्ताहरु कोपर्दै
छुन खोज्छु अर्थादिको मन्जिल
त्यसैले
बिना रोकावट
हरपल प्रतिपल
खट्खटाईरहने मेसिन झैं
यन्त्र झैं
म एक यन्त्र मानव भएको छु
मलाई चलाउने साँचो
अर्कैको हातमा छ
र मलाई उसको ईच्छानुसार चलाउँछ ।
पराईभूमी ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला