साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः अपराजयी भीष्म

उपेन्द्र भट्टराई

म अर्जुन हैन
भीष्म हुँ
अपराजयी भीष्म
मृत्युलाइ जित्ने
अधर्मलाइ साथ दिन बाध्य
अनि अधर्मकै सिकार

बाध्य छु म
आफ्नो प्रतिज्ञा पूरा गर्न
मेरो यौटै मात्र अधर्म हो
हस्तिनापुर प्रती बफादारिता

bahulako diary small and inside post

धर्मको व्याख्या गरेर नथाक्ने श्रीकृष्ण
स्वयं मेरो अपराजयी स्वरुप देखेर
मलाइ मार्न सुदर्शन उठाउँदा
तिमीले गएर रोकेथियौ अर्जुन

तिमीहरु जुवा खेल्दा
धर्मको ख्याल नराख्ने
हामीले राख्दिनु पर्ने
तिमीहरु स्त्री भोग विलास गर्दा
धर्मको ख्याल नराख्ने
त्यो पनि हामीले राखिदिनुपर्ने
तिमीहरु आफ्नो महलमा
अतिथी सत्कार गर्दा
जिब्रोको ख्याल नराख्ने
त्यो पनि हामीले नै राखिदिनुपर्ने
अनि तिमीहरुले नै धर्मको ख्याल नराखी
मेरो मृत्युको लागि शिखन्डी अगाडी सार्दा
मैलेनै धर्मको ख्याल राखी
आफू निशस्त्र भएर छाती थापिदिनु पर्ने

अब भन अर्जुन र कृष्ण
धर्मात्मा को हो
अर्जुन कृष्ण वा
अपराजयी भीष्म

प्रतिक्रिया
Loading...