कुमाराज सुबेदी

ए बिस्मृती-झरी पर्न अझै
म भित्रको गर्मी धुन
जुन तापले मलाई
पोलिरहेछ रहेछ निरन्तर

प्रत्येक निधारबाट
झरेका थोपा सँगै
बगुन् अतीतका स्मृतीहरू

ठोक्किउन अबरोधका पहाडहरूमा

सिँचोस् नयाँ सृजनाका फूलहरू

बगुन् अमृत रस
चढाऊदै हरेक बिहान
मेरो आफ्नो देउतालाई
जसले बुझ्छ बोल्दैन
सँगै छ प्रकट हुँदैन

टाढा भएपनि नजिक लाग्ने
वशिकरण मन्त्र गुन्जियोस्
हरेक घण्टहरुमा

मैले आँखा खोल्दा
खुलोस् निलो आकाश
मिलनको न्यानो किरण सँगै ।