साँझ बिहान मात्र होइन सँधै हेरौं लाग्ने
अरु काममा व्यस्त भए नि सकसक तेस्कै लाग्ने
के के पोस्ट भए भनि चासो र खुल्दुली
अरु काम छोडेर नि यसकै चुल्बुली ।
केही काम गर्दा गर्दै नि आँखा त्यहीँ पुग्ने
एकछिन हेर्न नपाएमा छट्पट छट्पट हुने
किन यस्तो भयो मलाई फेसबुकको लत
त्यो भन्दा नि महत्वपूर्ण अरु काम नि छन् त् ।
बिग्रनलाई हो कि क्याहो यो लत मलाई लाग्या
बुढेसकालमा स्क्रिन हेर्ने रुचि मलाई जाग्याँ
छुटाउँ बानी भन्दा पनि सकिन नि मैलें
बानी झन् झन् बिँग्र्दैछ पहिले भन्दा अहिले ।
अति गर्दा खति हुन्छ थाहा छ मलाई पनि
कम गर्न कोसिस् गर्दा नि छुट्दैन त्यो बानी
यो बानीले हित गर्दैन भन्न थाले सबले
उपाय केही छन भने सुझाउँ साथी सबले ।
मलाई मात्र यस्तो हो कि अरुलाई नि हुन्छ
फेसबुकको कुलतले के कतिलाई छुन्छ
अति भयो भन्छ मनले बानी छुट्दैन
घटाउँ भन्यो यो लतलाई कहिले घट्दैन ।
क्यालगरी , क्यानडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।