साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः माटो र बाटो; किपट हो हाम्रो

बिपिन तिवारी

बाङ्गा
आसेङ्गहरू पनि छन्
यो माटोमा

संगै संगै
कहालीलाग्दो म
र मेरा
सहोदरहरू पनि छन्
समग्र हामी संग
यो माटोमा

bahulako diary small and inside post

हो बाङ्गा हो
यो माटो किपट हो
तिम्रो पनि
मेरो पनि
आसेङ्गको पनि
आनुमको पनि
मेमेको पनि
चेब्जुको पनि

त्यसैले बाङ्गा
हालखबर सोध्दा
बुबुको मात्र होइन
मेमेको पनि
लबेलाको पनि
मेरो पनि
उसको पनि सोध्नु है

हो बाङ्गा हो
यो माटो
यो बाटो
किपट हो हाम्रो

जहाँ
तिम्रो मेरो
मीत यालम्बर थिए

सम्बन्धित पोस्टहरु

जहाँ
तिम्रो मेरो
ठेम्बर साइनो
थियो र छ
अझै पनि

हो बाङ्गा हो
तिम्रो जस्तै
आसेङ्गको जस्तै
मेरो पनि
संघर्षको कथा छ

मर्साङ्ग बलात्कृत हुँदा
थाहा छ
तिमी

आसेङ्ग
संगै रोएको थियो

ओ बाङ्गा
थाहा छ
कि बिर्सेको

हो बाङ्गा हो
यो माटो
यो बाटो
किपट हो हाम्रो
हो बाङ्गा हो ।

बिपिन तिवारी

प्रतिक्रिया
Loading...