तिमीले पोतेको पिढीँमा बसेर
म
तिमीलाई नै कुरीरहेछु आमा
तिमी कहिले आउँछ्यौ
तिमीसँगै गएका तिम्रा
संगीहरु फर्किए
तिम्रै पछि लागेर
गएकी माली गाई फर्किई
खोरमा फर्किसके
काली बाख्रीको बगाल
आमा
म ढोकाको घरालो नलगाएर
आँगन तीरै हेरि तिमीलाई नै
पर्खिरहेछु
तिमी कहिले आउँछ्यौ
कोहलपुर बाँके
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला