गिरिजाप्रसाद जोशी

इनारमा पलाउने पानी आँखामा पलाउँदा आँसु बन्छ
जन्मभूमीको यति साह्रो महत्त्व छ कि त्यसलाई कसले पानी भन्छ
आँसु पानी होस्, पानीलाई कसले आँसु भन्छ
सुस्केरा हावा होस्, हावालाई कसले सुस्केरा भन्छ ?
मान्छे जनावर होस्, जनावरलाई कसले मान्छे भन्छ
जनावरभित्र बसेर तिमी आफूलाई मान्छे भन्न सक्छौ ?
उफ ! मान्छेभित्र बसेर जनावरले आफूलाई मान्छे भन्दै छ
जनावरलाई गुलाम बनाउने मान्छे जनावरको गुलाम भन्दा को पत्याउँछ ?
वास्तवमा ऊ त जनावर नै हो मान्छेको भित्र अनि
उसले सारा मानिसलाई गुलाम बनाइरहेको छ
अहो, मान्छेको खोल ओढेर गधाहरुले, गोरुहरुले
मान्छेलाई सासना दिइरहेको छ
पूर्वजन्ममा आफूलाई गुलाम बनाएको बदला लिइरहेको छ
बरु मलाई यही अचम्म लागेको छ कि
एउटा मानिसभित्रबाट एउटा जनावर निस्केको देखें मैले
अनि त्यो मानिस खोक्रो भएन, ऊ भित्र एउटा मानिस भरिलो छ ।

साँखुमा जन्मेका (स्व.) गिरिजाप्रसाद जोशी (ने. सं. १०५८ – ने. सं. ११०७) नेपालभाषा साहित्यमा एउटा अमर नाम हो । गत हप्ता प्रज्ञा प्रतिष्ठानले उनको ८४ औं जन्मजयन्तीको सन्दर्भमा विचार–गोष्ठी आयोजना गरेको छ ।
जोशीले कविता, नाटक, उपन्यासदेखि खण्डकाव्य र महाकाव्यसम्म लेखे । त्यसैले उनलाई महाकवि पनि भन्ने गरिन्छ । उनका कैयौं गीत अझै उत्तिकै लोकप्रिय छन् ।
मात्र अठ्चालिस वर्षको छोटो उमेर लिएर आएका उनले नेपालभाषा सहित्यलाई दर्जनौं कृति दिएर गए । छोटो सयममा धेरै लेख्नसक्नेमा उनी कहलिन्छन् । उनले कतिपय उपन्यास एकै रातमा लेखी सिद्ध्याएका थिए पनि भनिन्छ । विचारमा प्रगतिशील धार समातेका र क्रान्तिका गीत लेख्ने उनले केही आध्यात्मिक भावका गीत पनि लेखेका छन् ।
अनुवादकः आर. मानन्धर
मूल नेपालभाषामा