म आगो हुँ
नबले, न तात्तिए
म सकिन्छु ।

म बन्छु
म भत्किन्छु
र भत्किएर म बन्छु
म आगो हुँ
नबले, न तात्तिए
म सकिन्छु ।

म जल्छु
म सकिन्छु
र सकिएर म बन्छु
म आगो हुँ
नबले, न तात्तिए
म सकिन्छु ।

म भित्र राप छ
जलन छ
विनास छ
निर्माण छ
आशा छ
उदेश्य छ
म जीवन हुँ
म आगो हुँ
नबले, न तात्तिए
म सकिन्छु ।