साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता

वसन्त सुवेदी

तिम्रो लागि
म फूलेका सुन्दर फूलहरू
कहाँ चुड्न सक्छु र
बरू बनाइदिने छु
शहर भरि फूलै फूलको बगैँचा
बगैँचामा फूलेका आफू जस्तै सुन्दर फूलहरू हेर्दै
तिमी मुस्कुराऊनु प्रिय
म तिम्रो एक मुस्कान हेरेर संसार भुलिदिने छु
म तिम्रो लागि
हनुमानले छाति चिरेर राम र सीताको तस्वीर झिकेझैँ
हाम्रो प्रेमको निशानी दुनियाँलाई देखाउँन नसकुँला
बरू तिमीलाई मन पर्ने रातो रङ्गझैँ
आफ्नै रातो रगतले लेखिदिने छु
चुनावमा नेतालेझैँ शहरका प्रत्येक भित्ताहरूमा तिम्रो नाम
आफ्नो नाम देखेर आफैँ नडराउँनु प्रिय
तिमी डरायौँ भने प्रेमको इजलासमा
बागी उमेदवारले स्वतह जीत हासिल गर्ने छ
बरू ऐनामा मुहारझैँ भित्तामा आफ्नो नाम हेर्दै
तिमी मुस्कुराउँनु प्रिय
म तिम्रो एक मुस्कान हेरेर दुनियाँ भुलिदिने छु
म तिम्रो लागि आकाशवाट पानी झार्न नसकुँला
बरू तिमीलाई सम्झेर आखाबाट आसुँको गण्डकी बगाइदिने छु
मेरो आसुँ देखेर तिमी नरूनु प्रिय
तिमी रोयौँ भने
आसुँको सागरमा डुब्ने छ संसार
बरू मेरो आँखाको आँसु पुछिदिनु
तिमीले एक पटक पुछि दियौँ भने फेवालाई हेर्दै माछापुच्छ्रे जस्तै म पनि तिमीलाई हेर्दै सदाको लागि
मुस्कुराई दिने छु ।

हेमजा, पोखरा

bahulako diary small and inside post

हाल अघ्यनको क्रममा ब्रिस्वेन अष्टेलिया

प्रतिक्रिया
Loading...