बालजीत साङपाङविषपानले तीव्र लिए जस्तो
मेरा यी हाँगाहरू, फूलहरू
बनाइरहेछौ सस्तो
प्रदूषणले भरिएका बास्नाहरू
भ्रमको सिर्जना छर्दै
माग मगाए जस्तो ।

ऋतु पनि ऋतु लाग्दैन
मौसम मलिन छ
सन्चो भन्दिन
लुटिएको रूप
सानो थियौँ
ठूलो भयौ
हुर्किएर कर्म गर्दै
जीवन विलाशिताले भर्दै
आज यही ठाउँलाई
लत्याएर हिँड्दै
आफूलाई महान् सम्झिदै
तारिफ आफैँलाई
रातको तारा गन्दै गाउँथे
आजकाल गन्न मन लाग्दैन ।

पहिले सुन्दर थिए
सुरिलो धूनको संगीत भर्थेँ
चराले गाउँथ्यो
झरनाको सलल माधुर्य ध्वनी, तरंग
जीवजन्तु रमाउँथे
चिसो स्वच्छ जलको स्पर्श
जहाँ ललायित हुन्थे
घामको रश्मीले छोएर जाँदा

सुगन्धले भरिन्थे
निलो गगन
नदीमा प्रतिबिम्ब लोभ्याउने
मलिला बिरूवाहरू
कलिला पुष्पहरू
दुर्लभ हुँदै हराएका
छायाँमा परेका ।

आश राखिरहेको छु
अवस्य सन्तुलन बन्ला
धेरै विरहको धून
बजाउन जान्दिन
पहिलेका समधुरतामा
मग्न हुने म
तिमी पनि बिरामी नै हुने हो
बिरामी हुदाँ म ।