साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता

सुदन लुइटेल

नदी जस्तै सललल बगिरह्यो जिन्दगी
विश्राम नलिई आफैलाई ठगिरह्यो जिन्दगी

बगेर गैसकेको कुरा अब फर्की आउँदैन
जतिसुकै चिच्याऊ कराऊ भोलि तेही पाउँदैन
उठ्ने कोसिस गर्दा गर्दै जिन्दगीलेनै पछार्यो
जित्नैको लागि जिन्दगीले धेरै पल्ट हार्यो

bahulako diary small and inside post

नदी जस्तै सललल बगिरह्यो जिन्दगी
विश्राम नलिई आफैलाई ठगिरह्यो जिन्दगी

जिन्दगीको अर्थ पनि आफ्नै आफ्नै होलान्
एउटा मान्छे हाँस्ने बेला अरु मान्छे रोलान्
कसैले साथ दिँदैन एक्लै हिँड्नु पर्छ
गन्तव्यमा पुग्नलाई त पहाड चढ्नु पर्छ

नदी जस्तै सललल बगिरह्यो जिन्दगी
विश्राम नलिई आफैलाई ठगिरह्यो जिन्दगी

प्रतिक्रिया
Loading...