अमिनले बोक्ने गर्छ
फित्ता अनि कापी
मुद्दा पारिदिन्छ हेर
जग्गा नापी नापी
जहिल्यै नाप्दा
फरक पर्ने
कस्तो होला हिसाब
अमिनको फित्ताले
दिँदैन है निसाफ
सबैलाई
फित्ता समाइ
अंक टिपाउँछ
सेकेन्डमै गड्बड गरी
हिसाब देखाउँछ
टिउसन पढ्न
कापी बोकी
पढ्न आऊ अमिन
अनि फरक पर्ने छैन
नाप्दा त्यो जमिन्
अमिन बाट
जमिन भाको
हो कि
जस्तो लाग्छ
अमिनहरुको
हिसाब किताब
बिग्रेको खोकी
जस्तो लाग्छ
अदालतमा
न्याधिस अमिन
मुद्दा बोकी राछ्न
मुद्दा बोकी बोकी
दुबै खोकी राछ्न्।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला