साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

राजेन्द्र कार्कीका तीन छोटा कविता

Chovar Blues Mobile Size

निर्वस्त्र सत्य

निर्वस्त्र जन्मिएका मान्छे
बस्त्रले सत्य छोपेपछि
शायद उनीहरूले सत्य भूले
अनि त्यही बेलादेखि
असत्यसँग डराउन छाडेर
सत्यसँग डराउन थाले ।

विच्छेद

लाग्थ्यो
आकाशको जून
धर्तीले कहाँ छुन सक्नु
धर्तीमा ओर्लिएपछि
जून जून रहेन
धुन बन्यो
जो सँधै बजिरहन्छ
कसलाई मन पर्ला र
सँधै बजिरहने उही धुन ।

राजेन्द्र कार्की (क्यानडा)

मूर्तिकार

ढुंगो थियो
मूर्ति भयो
मन्दिर पुग्यो
देउता भयो
प्रेमिलाई मन
धनीलाई धन
सुखीलाई सुख
दुःखीलाई दुःख
कति भाग्यमानी ढुंगो
जो मूर्ति बनाउँछ
ऊ अभागी छ ।

लेखक परिचय
रक
राजेन्द्र कार्की
प्रतिक्रिया
Loading...