साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हामी युवा जुटौं

टीकाराम बि.क.

टीकाराम बिक

हामी युवा जागौ, देश विकासमा लागौँ
विपत्तिको घडिमा, हामी युवा जुटौँ।
दुखकष्टमा सेवा गर्न, हामी युवा लागि परौँ
देशको मुहार फेर्न आजैबाट मुठ्ठी कसौँ ।

एकतामै बल हुन्छ, मिलाइ हात सब
निदाइ बस्नु हुन्न युवा, उठौँ बिउँझिउँ अब।
देशका कर्णाधार हामी युवाको काँधमा जिम्मेवार
स्वाभिमानी भएर सगरमाथा जस्तो अटल बनौँ।

सम्बन्धित पोस्टहरु

मेरो भोको पेट !

bahulako diary small and inside post

विदेशी भूमिमा कहिलेसम्म पसिना बगाउने हामी युवा
पौराखी हातले पसिना बगाइ सुन फलाऊँ आफ्नै माटोमा,
सीप सिकी आत्मा निर्भर उद्यमशीलताको बाटोमा ।

रोजगार र अवसरको पर्खाइमा छन् युवा शक्ति
सरकारले युवा विकासमा ध्यान दिन जरुरी।
युवा हामी इँटा हौँ बनाउँछौ बलियो राष्ट्र
नेपाली वीर गोर्खाली हामी युवा, उठौ लागौँ युवा।

सोलु दुधकुण्ड नगरपालिका 4 सोलुखुम्बु
प्रदेश न 1

प्रतिक्रिया
Loading...