रमेश अधिकारी

सालिक आफै
बोल्दैन
सुन्दैन
कसैलाई हप्काउॅंदैन
कतै हिँड्दैन
कसैलाई दोष लगाउँदैन
कालो रंग बदल्दैन

शान्त छ
कुनै युद्ध लडेर आएको थकित सिपाही जस्तै

खुसी देखिन्छ
जीवनकालमा गरेका कामहरुको
सम्मान पाएजस्तै

सालिक अरुलाई
स्कुले विद्यार्थीलाई हिँड्दा तर्साउँदैन
पैदलयात्रीलाई हिलोले छ्याप्दैन
मुल्यदर बस्तुदर तोक्दैन
कालोबजारी गर्दैन
कसैलाई दोष आरोप लगाउँदैन
अपराधीलाई प्रशय दिदैन

आधुनिक मानिसहरु
हेर्छन्
हेर्छन्
सनै
टोलाउछन्

दिनदिनै
आजित हुन्छन्
फरक दिन
नयाँ अवतार जस्तै देख्छन्
कुनै परलोकबाट आएको
धुलो मैलो र खिया लेउले गर्दा अनुहार प्रस्टाउॅंदैनन्

एक हुल जमात धुमिल हुदै प्रस्टिएको देखिन्छ
हेय दृश्टिले सालिकलाई उखालेर फाल्छन्

सालिक आजकाल

टुक्रिएको मन लिएर
आशा गोजीमा राखेर
पहिचान बेगर
खालीपेट
त्यही सडकको कुना कोप्चेरामा लम्पसार भएको बेखबर अनागरिक जस्तै भएको छ ।