कविताः वृद्ध हुनु पनि जिन्दगी

हो जीवन अचेल
रित्तो भएको छ
आफै सँग आफैलाई
देखिरहेकी छु
हो जीवन
कता हो कता
रित्तो भएको छ

यो स्वाभिमानको पहाडमा
बसेर चुलिएका छ
शरीरहरू बन्धकी राख्दै
पुग्नेछन् बस्ती बस्तीमा
मान्छेहरू
जूनेली किनारै किनार
दया र करूणाको मायासँगै
कुदिरहेका छन्
शान्तिको दियो जलाउदै
हो बुढ्यौली शरीर
तन बूढो भए
कहिले हुँदैन
समयको चाल सँगै
नियमित चक्रहरू हटाउँदै
समयको गति सँगै
दौडिरहेका छन्
समयको पद्चापहरू
ईश्वर सम्मान हुन्छन्
हो बुढ्यौली समय
यहाँ कोही ठुलो कोही
सानो भनेर नभन्नु होला
मानव जीवन गुम्न दिनु हुन्न
गुमे पछि आँसु बगाएर
बस्छन्
जिन्दगी एक यात्रा
हो
नियमित चलिरहने कुमालेको
चक्र जस्तै
घुमिरहन्छ अनिस्चित छ
बुढौली समय !
कविता प्रतियोगिता संचालन समिति जंगी अड्डा काठमाण्डौं ।
ठेगाना झापा ,फोन ९८४९०९२५०२