नैतिकता र इमान्दारीता बेचिसकेका
आत्मासम्मान र संस्कार मासिसकेका
खसीको टाउको देखाएर बाख्रीको मासु बेच्ने
छेपाराको झैँ दिन दहाडै रङ्ग फेर्न सक्ने
तन मन र वचनका अपराधीसँग
बारम्बार नैतिकता को आशा गरे बापत
सनै सनै इमान्दारीता खोजे बापत
पुनः पुनः अनुशासनको अपेक्षा गरेवापत
फताङ्गेले
गाला फुट्ने गरि
आफैलाई एक झापड हान्यो
तपाईंले नि?

रविन थपलिया 

टोरोन्टो