बिहान उदाएको घामले भन्छ बद्लिऊ
शिशिरको यामले भन्छ बद्लिऊ
वसन्तमा टुसाएको मुनाले भन्छ बद्लिऊ
धरान धनगढीको छेउकुनाले भन्छ बद्लिऊ
नदीको लहरले भन्छ बद्लिऊ
समयको कहरले भन्छ बद्लिऊ
जनतालाई जनार्दन ठान्ने हो भने
गोप्य कोठाको विवेकपूर्ण मतदानलाई मान्ने हो भने
हर्ष बालेनको विगुललाई ख्याल ख्याल नठान
हे पिठाधीशहरू हो
व्यवस्था बदलिए पनि
अवस्था बदलिएको छैन
यो त सानो झिल्को न हो विद्रोहको
विरोधको र
नो भोटको ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला