गणतन्त्र शब्दको जाल जस्तो
दुःखी पीडितलाई काल जस्तो
न जनताको आर्थिक हैसियत बलियो
न राम्रो सँग बाँच्न सुनिश्चितता
प्रत्येक पल महंगीमा पिल्सिँदा
मकै सेक्छन् केही हुलहरु
ऋणात्मक बजेटमा देश विकास
शब्दहरुमा आर्थिक समृद्धि
योजनामा कायपलट
नीति र सिद्धान्तले धोती लाएर के भो
मुर्दाहरुले बोकेको आस्था छ
सिक्किम झैँ स्वतन्त्रता उन्मुख छ
म जान्दिन कविहरु के चाहन्छन्
सिरिया र लिबिया जस्तै स्वतन्त्रता
या नेपालीहरुबाट शाषण ?
हेलम्बु-६, सिन्धुपाल्चोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला