साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः भूमरी

जुली भण्डारी

म लौरी काटन जङ्गलतिर पसेँ
बाँङ्गो रुख मात्र थिए सब सोझा खसे
बाँङ्गो लौरी काट्ने आँटै आएन
बाँङ्गो सोझो हुने छाँटै पाएन
फेरि हतारिँदै म खोलातिर पसेँ
ठूलो ढुङ्गा सब सानामाथि बसे
सानोलाई मैले तान्नै सकिन्
कपासको ढुङ्गा बनाएर हान्नै सकिन
शुद्ध अक्सिजनको खोजिमा लागे
आँसु बग्ने ग्याँस देखेर भागेँ
भलो गर्न खोज्नेको सिनो थियो
बोल्न सक्नेको स्वर झिनो थियो
त्यो सिनो तान्नेहरु तछाडमछाडमा थिए
जसले सक्यो जति बाँडेर लिए
सानो पोथ्रा रुखमुनि च्यापिएको थियो
ठूलो रुखले सब जलमल लियो
म यस्तो घना बनमा हराएँ कता
बन्द पाउथेँ हर बाटाहरु हिड्दथेँ म जता
आमा मलाई अझै एक बार
औंला समातेर गरीदेऊ न पार
यो घनचक्करबाट बाहिर निकाल
रिंगटा लाग्दैछ भूमरीमा नफाल
स्वतन्त्र भएर म बाँच्न चाहन्छु
सबैसँग मिलेर रम्न चाहन्छु
मलाई पराइको सुविधा चाहिँदैन
आमाको जस्तो काख पाइँदैन
किन बनाउँछौ आफैलाई पराई
के उड्न सक्छौ भूमरीमा हराई ।

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...