साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः मस्तिष्क भिजन्

दीप मिलन प्रधान

मैले देखेको सपना तिमीले देख्ने भए नि
यो जोवनले दुःखै पाउँथेन
फेरि मैले तिम्रो सपना पैचो मागिन
किनकी मलाई आफ्नै सपनालाई बिपना बनाउनु थियो
आफ्नै बाटो हिँड्नु थियो
मैले बनाए पनि सपनाको माध्यमबाट नै
एउटा मायाको घर
जहाँ तिमीले ओत लाग्ने साहस गरेकी थियौ
तिमीले मेरो मुटुको कुनै एक कुनामा बलियो संग बास गरेकी थियौ

एउटा अघोषित युद्ध मलाई लड्नु छ
आदमखोरहरुको विरुद्ध उभिनु छ
निर्धाहरुको आवाज भई
न्यायको दियो बाल्नु छ
त्यसैले तिमी कायर नहुनु
दलाल र पाखण्डीहरुको तमाशा नहुनु
बरु ज्वालामुखी हुनु
विस्फोट हुनु
आगो भई पोलिदिनु
विश्वासघातीको मन काटिदिनु
तिमीले कसैको मन नदुखाउँनु
कसैको घर नभत्काउनु
बरु बनाइदिनु सुखको सानो घर
जहाँ बाँचोस विश्वासका आधारहरु
मरोस बरु पापीहरु

bahulako diary small and inside post

तिमीले जे बाँच्छौ नि
उसलाई पनि त्यस्तै बाँच्न मन छ
सुखमा हाँस्नु छ दुखमा रुनु छ
उसलाई त्यस्तै मन पर्छ
इतिहासमा तिम्रो नाम बदनाम नहोस्
तिम्रो सत्कर्म जय होस्
जय होस् हे मानव सभ्यता
जाबो एउटा जिन्दगी ।

 मिरिक,( दार्जीलिङ)

प्रतिक्रिया
Loading...