कविताः गणतन्त्रका पहरेदार

ह्याउ ह्याउ ह्याउ
झिसमिसेमै
ओल्लो गाउँको लुते भुस्या बेस्सरी भुक्यो
र पल्लो गाउँकोलाई भन्यो …
गणतन्त्र आएपछि हो
हामीले बेपर्वाह भुक्न पाएका छौ
सबै सबैको दैलो ढुक्न पाएका छौ
दिए पुछर हल्लाउँदै पछि पछि
नत्र बेपर्वाह टोक्न पाएका छौ
यता आयो खुट्टा उचाल्यो
ओल्लो पोल मुत्यो
उता गयो खुट्टा उचाल्यो
पल्लो पोल मुत्यो
यसरी आफ्नो सीमाना तोक्न पाएका छौ
आज गणतन्त्र दिवस
“आऊँ आज गणतन्त्र दिवस मनाऊँ

ह्या… ह्या….ह्याउ
पल्लो गाउँको अल्छे भुस्या अल्छी मान्दै भुक्यो
र सोध्यो
गणतन्त्र दिवस हाम्रो सीमा भित्रका
मानिसले पो मनाउछन हैन र ?
ह्याउ ह्याउ ह्याउउउउ..
लुते बेस्सरी भुक्यो र भन्यो
“गणतन्त्र ल्याउदा हामी पनि यही सीमानाका मानिस थियौ ।”
रामप्रसादराइ गा पा २ धोदलेखानि भोजपुर