कुमाराज सुबेदि

तिमी पूर्णिमाको जून भयौ
म त धरतीको कालो छाया
भुल्न खोज्छु हरेक पल
झन् गाढा भैदिन्छ तिम्रो माया

तिमी नदीको किनार भयौ
म त बिहानीको शित
एक्लै हुन्छु बगैंचामा
यस्तै छ है मेरो रित

तिमी उषाको लाली भयौ
म त केबल शिशिरको पात
बाँकि छ त केबल अब
अतितको मीठो साथ

तिमी फूलको सुबास भयौ
म त ओइलाएको झार
चुँडिएको चॅगासरी
अन्तहिन गन्तब्य न छ कुनै सार

तिमी दीपको ज्योति भयौ
दिलको यो कुनामा
बचाई राख्नु स्मृति ती
कसिलो त्यो बदनको तुनामा

तिमी पूर्णिमाको जून भयौ
म त धरतीको कालो छायॅा
भुल्न खोज्छु हरेक पल
झन् गाढा भइदिन्छ तिम्रो माया