
अहँ मृत्युले आवाज दिँदैन
थाहा पाउन पाए त
केही मिलाउँन हुन्थ्यो
केही भन्न हुन्थ्यो
केही दिन हुन्थ्यो
केही लिन हुन्थ्यो
थोरै हिसाब किताब थियो मिलाउँन
मिलाउँन हुन्थ्यो
अहँ मृत्युले आवाज दिँदैन

महेश्वर पन्त (अमेरिका)
कैले तिम्रो धुरीमा मडारिन्छ
कैले मेरो धुरीमा
कैले जाहाजसँग अकाशमा डुल्छ
त कैले धरतीमा
सँगै यात्रा गरेको थाहै हुँदैन
अगाडि कुर्सीमा या पछाडि कुर्सीमा हुन्छ
कसैलाई भनक हुँदैन
महामारीको डुंगामा सवार त्यो
कतिवेला कस्लाई चढाउँछ उतार्छ
पत्तै हुँदैन
कोरोनाको कस्तीमा चढेर
बस्ती बस्ती घुम्छ
न दया देखाउँछ
न माया देखाउँछ
बस् आँउछ र टपक्क पार्छ
भुकम्पको चीत्कारमा सलवलाउँछ
बाढि पहिरो र खहरेहरूमा उर्लिन्छ
टिप्परको रूप लिएर सडक सडक
ग्राहक खोजि हिँड्छ
अहँ पत्तै हुँदैन
कैले डाक्डरमा हुन्छ त
कैले औषधिमा हुन्छ मृत्यु
केलै प्रमी प्रेमिकाको बिछोडमा हुन्छ
कैले अनिकालमा भोक बनेर आउँछ र
सिङ्गो गाउँ लिएर जान्छ
कैले देशमा क्रान्ति बनेर पस्छ
गाउँ गाउँ बस्ती बस्ती
स्वार्थी राजनीतिको क्रान्ति बनेर
पड्काउँछ बारुद्ध र बमका गोला
कसैलाई भनकै हुँदैन थाहै हुँदैन
युद्ध बनेर पड्किन्छ विश्व भरी
जहाँ पनि जता पनि मृत्यु छ
मेरो देशमा तिम्रो देशमा
तिम्रो शहरमा मेरो शहरमा
मेरो गाउँमा तिम्रो गाउँमा
मेरो घरमा तिम्रो घरमा
जवानीमा बुढेस कालमा
अनि आमाको काखमा बच्चा बनेर सुतेको
पत्तै हुँदैन
ऊ नभएको ठाँउ छैन
सबै तीर छ सबैमा छ
तर दुःख लाग्छ खबर नगरी आउँछ
सुटुक्क
अनि रुवाएर जान्छ
खै थाहा पाउँन पाए त
केही मिलाउँन हुन्थ्यो
केही भन्न हुन्थ्यो
केही दिन हुन्थ्यो
केही लिन हुन्थ्यो
थोरै हिसाब किताब थियो मिलाउँन
मिलाउँन हुन्थ्यो
अहँ मृत्युले आवाज दिँदैन।
पर्वत नेपाल
हाल बस्टन, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

