Chovar Blues Mobile Size

जामे मस्जिद छेवैको पेटीमा
लमतन्न आफू सुतेर
बच्चालाई दूध चुसाइरहेकी आमा
बाँच्नको लागि माग्न बसेकी छे
एउटा कचौरा पसारेर
जसको हालत
फोहोरी लुगामा सुकेको जिउ

मणिकरत्न शाक्य


स्याप्प पेट
जिउको हड्डीहरुको ढाँचा
देख्दा लाग्छ
धेरै दिनदेखि ती आमा भोकै छिन्
तर
आमाको लाम्टा चुस्न छोडेको छैन
त्यो अवोध बच्चालाई मात्र थाहा छ
उसलाई आफ्नो भोकका कुरा
जस्तै पीडामा पनि
आमाले दूध चुसाइरहेकी छिन्
मात्र शिशुलाई बचाउन ।

 चाबहिल सरस्वतीनगर