प्रल्हाद कुमार ढकाल

यो गणतन्त्रमा
महारानी जस्तै जीवन
बाँच्न बाध्य मेरी जहान कठै
राजकुमार जस्तै जीवन
बाँच्न बाध्य मेरो छोरो बरा
राजकुमारी जस्तै जीवन
बाँच्न बाध्य मेरी छोरी हरे
शाहज्यादा मेरो भाइ उफ्
शाहज्यादी मेरी बहिनी च्व
भित्तामा श्री ३ सरी
फोटामा विराजमान बुबाहजुर
मुमाबडामहारानी वा सो सरह
मेरी आमा र सासु हजुर
राजाकै राँगो फुकाको जस्ता
उन्मत्त मेरा नातेदारहरु
यो गणतन्त्रको परिबन्धमा
गणकै चहाना मुताविक
बाध्य छौ बाँच्न यसोरी
म मेरो परिवार र आफन्तगण
यो गणतन्त्रमा ।