
सुरक्षा निरौला ‘कृति’
के हुन्छ होला
आधा आकाश धुम्मिरहयो भने
आधा आकाश गर्जिरह्यो भने
आधा आकाश बर्सिरहयो भने
आधा मात्रै आकाशले पोलिरह्यो भने
बस्
कल्पना मात्रै गर्नु
कहाँ छ तिम्रो अस्तित्व
धुजा धुजा भएर फाटेको त्यो हृदयमा
कि आधा मात्रै आकाशबाट बर्सिएको
त्यो आँसुको पोखरीमा
कहाँ छ तिम्रो अस्तित्व
यदि आधा आकाश मानिएका
तमाम नारी जुर्मुराए भने ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 







