

अजित धिताल
मनमा अनेकन कुरा खेलाउदै तयार हुँदै थिए
सायद
हिजो खबर नगरी नगएको हुनाले होला
म एक शिक्षिका
घरका काम हतार हतार सक्दै
शिक्षालय जान हतारिएको छु
बनाउदै छु आफूलाइ सुन्दरी नबनाएर पनि के गर्नु मेरो गहना न हो त्यो
बज्यो मोबाईलमा घण्टी
टिन टिन टिन टिन …
हेरे
भए झस्याङ
प्रधानाध्यापकको फोन रहेछ
मुजा पर्दै गरेको साडी लाई त्यत्तिकै छोडेर फोन उठाए आत्तिदै
म भन्दा पहिले उहाँ झन आत्तिदै बोल्नु भयो
आज बिदा छ
किन र सर
मेरा प्रश्न खस्न नपाउदै उहाँले भन्नू भयो जुन कुरा
म झस्किए झसक्क,
भए खत्रक्क
भर्खरै भाँचिएको जस्तै गरि खुट्टा भए लत्रक्क
बसे म थचक्क
आठ कक्षामा पढ्ने ती नानी कस्ति कलिली थिइन
यौवनले भर्खर फुल्न पनि कोसिस गरेको त थिएन
म उनलाई हेरेर आफ्नो बाल्यकाल सम्झन्थे,
मलाई म जस्तै लग्थ्यो उनी
ट्याक्कै म जस्तै
ममा जस्तै चन्चलता सुन्दरता भावना थिए उनमा
कहिले काहीं उनका कुरा सुनेर
उनी भन्दा बच्चा हुन्थे म
उनको ज्ञान अगाडी म फिक्का साबित हुन्थेँ
उनको साहास अगाडी म फिक्का साबित हुन्थेँ
फिक्का एकदम फिक्का
हरेक दिन उनी र मेरो भेट हुने गौडामा
उनको काका पर्ने पाका मान्छे भेट हुन्थे
उनको बाबाको साथी रे ती काका
ती पाका जस्ता देखिने काकाले पछिल्ला दिनमा उनलाइ यस्ता प्रश्न गर्थे
तिम्रो कस्तो छ
म ती प्रश्न सुनेर अवाक हुन्थे तर उनी भन्थीन्
ठिक छ
त्यो कच्ची अनि धुलाम्मे गौडाको वास्तै नगरी
अझ भनौ
त्यो चिसो अनि अँध्यारो बिरङ्गीन्
अनि
फोहोर भएको छ बटुवाले फालेका कागज अनि प्लास्टिकका टुक्राटुक्राले
यी नै को वास्तै नगरी
आफू जन्मनुको सार्थकता देखाउन कोपिला जन्माउदै गरेको त्यो फूलको बोट
त्यही फूलको कोपिला चुड्दै गर्दा उनले त्यही पाका देखिने काकालाई भनिन्
कोपिला चुड्न हुन्न यो त भोलिको फुल हो कोपिला चुड्नु पाप हो
मेरा हातबाट फुत्केर भनेको यो वक्य मलाई झल-झल याद आउदै छ
मिस हजुरसँग सँगै सँधै स्कुल जाने मन छ मलाई
भनेको सम्झदा रुन्छु म
तर
त्यो दिन त मैले खुब हाँसेर भनेको थिए
भैहाल्छनी
आफैलाइ धिक्कारे मैले आफ्नै हाासोको लागि
आफ्नै त्यो मुस्कानको लागि
उनले ममा आफ्नो अस्तित्व जोगाउन सक्ने शक्ति देखेकी रहिछन्
त्यसैले त होला उनी हिजो स्कुल जाँदा
कोपिला टिप्नलाई रोकेकी थिइन जस्लाई
ती पाका देखिने काकाबाट बलात्कृत भइन अरे
त्यसैले आज स्कुल बिदा छ रे
उनको शोकसभाको लागि।
ठेगाना=धुलिखेल ११,काभ्रे
ईमेल= dhitalajit14@gmail.com



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

