प्रवाहित गरिरहेझैं
ढुंगेधाराले अविरल जलधारा
मेरो कलमको टुप्पोले
प्रवाहित गरिरहेको छ
हृदयको काव्यधारा ।
तर के गर्नु
आठमा सात भाग व्यर्थै पोखियो
अतिशय भनेको पनि श्रापै हो ।
०००
सूर्यको छायाले पूर्णचन्द्रलाई,
स्पर्शझैं गरे पनि
उसलाई भेटेर छुन सकिन्छ भन्ने
अझै मसित धेरै आशा
तर के गर्नु
हरेक पूर्णीमा बादलले
पखेटा फिँजाइदिँदा
हल गरिसकेका सम्पूर्ण गणित
गल्ती भइ दिएझैं लाग्छ ।
०००
क्रान्ति सम्पन्न हुँदा
अपुग थपेर, अधिक झिकेर
हिमालका चुचुराहरु
सबै समरुप भए
अनि “साम्यवाद” भन्दै
प्रकृतिसमेत हाँसिन्
तर आँखा खुल्नासाथ
सबभन्दा पहिला मैले
कौसीबाट नियालेँ
हिमशिखरका उँचाइहरु अझै
संघर्षरत छन् ।
सत्यमोहन जोशी (वाङमय शताव्दी पुरुष) एक सय तीन वर्षमा प्रवेश भएका छन् । तीन पटक मदन पुरस्कारबाट सम्मानित व्यक्तित्वका नेपालभाषा र नेपालीमा अनेक कृतिहरु प्रकाशित छन् ।
यहाँ उनको पचास वर्षअघि प्रकाशित एउटा प्रस्तुत छ ।
मूल नेपालभाषामा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।