बाहिर चुनावको माहोल छ
बा रेडियो सुन्दै हुनुहुन्छ
उता मत गणना हुँदै छ
एता बा भन्दै हुनुहुन्छ नानी मेरो छोराले जित्ला जस्तो छ
आमा भन्दै हुनुहुन्छ म पनि तिमी सँगै ध्यान गर्छु है नानी
मलाई गहिरिन मन छ
अर्को आमा ह्विल चियरमा बसेर आफ्ना नक्कली दाँत सफा पार्दै गिजा मात्र देखाएर आफ्नो मन खोल्दै हुनुहुन्छ
के तिमी बुझ्न चाहान्छौ म को थिएँ र किन यहाँ आएँ
बा भन्दै हुनुहुन्छ मैले धेरै पढेको छु धेरै जानेको छु नानी
तर पनि आज म यहाँ छु
एस्तै एस्तै कथा बोकेका छन प्रत्येक वृद्धाआश्रममा रहनुहुने आमा बाबाले
आत्मा कथा सुन्दा मन भावविह्वल भएर आउँछ
धुरु धुरु रुवाउँछ मनको अन्तर कुना सम्म पुगेर भिजाइदिन्छ
उहाँ भन्दै हुनुहुन्छ मैले दुःख गरे जीवन भर
मैले मेरा लागि हैन सन्तानका लागि आधा पेट खाएर धन सन्चित गरे
म अरबौको मालिक हुँ तर आज म मेरै छोराछोरी बुहारीबाट लखेटिएँ खेदिएँ घचेटिएँ नानी
म आफ्नै रगत पसिनाबाट हुत्याइएँ
आफ्नै मुटु कलेजोबाट घचेटिएँ लगारिएँ र फालिएँ नानी
म सुन्दै छु उहाँहरु भन्दै हुनुहुन्छ
मान्द्रा जस्ता निधार लिएर बाका मनमा एता मायाका मुना टुसाउदै गर्दा
उता छोरा छोरीको हृदय भने झन झन कठोरिदै छ
नौनी जस्तै आमा एता पग्लिदै गर्दा छोरा छोरिको घमण्डभने झन् झन् चुलिदै छ
छोराछोरीले तीखो वचन बाणको छुरा रोप्दै गर्दा
रगताम्य भएका आमा बाबाका मुटुमा झिनो आसा लिएर
निभ्न लागेका दियोलाइ छेक्ने कोसिस गर्दै छन ती दरिला मनका ढालले
बलिरहेको चिताबाट बा अझै दुर सम्म नियालिरहनु भएको छ टोलाइरहनु भएको छ
कतै ढुङ्गा पनि पग्लन्छ कि भन्ने आसा लिएर
ठेगाना : भक्तपुर सिरुटार, सु .बी . न .पा
शिक्षा स्नातकोत्तर
कार्यालय :access planet
रुचि : समाज सेवा,आध्यात्म, साहित्य, भ्रमण
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।