साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः भोक निद्रा र शोक

Chovar Blues Mobile Size
उपेन्द्र भट्टराई

तिमीलाई भोक लाग्दैन साथी
कसरी लागोस् त तिमीलाई भोक
पसिना बगाएर खान जानेको भए पो
लाग्थ्यो त साथी
तिमीलाइ त ठगेर लुटेर झुक्याएर
चाकरी चाप्लुसी गरेर र निर्दोषको
रगत बगाएर खाने
बानी जो परिसक्यो
तिमीलाइ निद्रा लाग्दैन साथी
कसरी लागोस त तिमीलाई राम्रो सङ्ग निद्रा
कहिल्यै पुण्यको काम गरेर हेरेको छौ
कहिल्यै कसैको उद्दार गरेको छौ
अरुको निद्रा हराम गर्ने
तिमीलाई कसरी लागोस त निद्रा साथी
३ बोतल ठाडो घाँटी नलगाई
तिमीलाई त केवल शोक मात्र लाग्छ
बाहिर देख्दा हँसिलो
तर भित्र भित्रै सँधै पीडित
हात्तिको देखाउने दाँत यौटा

खाने दाँत अर्को भने झैं
वा
सफा सुघ्घर तिम्रो बाहिरी रुप यौटा
यौटा तिम्रो त्यो
अदृश्य
फोहोरी घिनलाग्दो

दन्डको लायक ।

प्रतिक्रिया
Loading...