श्याम गैरे

आङ्ग सिरिङ्ग अनि मन फुरुक्क
आहा ! क्या दामी धवलागिरी देखेपछी मनै हुरुक्क
ए साहु हँसिया देउन धान काट्नलाई ।
उनकी छोरीसँग जवानी साट्नलाई ॥

खेताला बोके धान अनि ल्याए खलोमा
के गर्नु हजुर जलिरहे गाउँले बा सलोमा ।
मन धमिलियो अनि थाक्रोमा काग करायो
ती साना टुहुराको सपना हरायो ॥

ए दैव, के गरिस् यस्तो तैंले
“सोझो रुख काटिन्छ पहिले” भने सबैले ।
उता धवलागिरीमा हिउँ पग्लियो
यता गाउँलेको बलिन्धारा आँसु सङ्लियो ॥

आयो दशैं अनि तिहार पनि सबैलाई
मनमा पिङ्ग अनि हातमा ऋण थोप्रियो गाउँलेलाई ।
केही व्रत बसे, कोही चन्द्रमाकोओडार पसे
खै किन हो सबैको मनमा गाउँले बा चन्द्रमुखी बनी बसे ॥

त्यो औंसीको रातामा बत्ती बालेको
कसैले नि बिर्सेका छैनन् उनले बोलेको ।
चाडपर्वको बेलामा बाको पसिना बसायो
विडम्बना ती गाउँले अनि टुहुरो बाको खिसी उडायो सँगै सबैलाई हँसायो ॥

म डा. कोईराला रिसर्च इन्सटिट्यूट फर वायोटेक्नोलोजी एण्ड वायोडाइभर्सिटी, काठमाडौं मा अनुसन्धान सहायक को रूपमा कार्यरत छु।