मनिराम मञ्जिल

समय रोइरहेछ
दुखिरहेछ समय
सूर्योदय हुँदा पनि
सूर्यस्त हुँदा पनि
समय रोइरहेछ
अरे ! आउ समयलाई
अलिकति समय दिएर फकाउ
समय मुस्कुराउँदा अवस्य तिम्रो
जीवन मुस्कुराउने छ
त्यसपछि तिमी पनि मुस्कुराउनेछौ

रङ्गीन स्कृनमा रङ्गीन संसार देख्ने बानी परेका
तिम्रा आँखाहरूलाई देखाइदेऊ
वास्तवि क संसार
सुनाइदेऊ कानहरूलाई
खोला र झर्नाको बुलन्द आवाज
महसुस गराइदेऊ नाकलाई
वास्तविक गुलावको सुगन्ध
महसुस गरोस् त्वचाले पनि शारदीय
घामको न्यानोपन, महसुस गरोस्
बतासको कोमल स्पर्श
देखाइदेऊ आँखाहरूलाई
वास्तविक संसारको सौन्दर्यता

अरे मित्र ! एकपटक त अनुमान गर
आफ्नै जीवनको समय रेखा
नदी हो समय त्यसैले रोकिदैन छेकिदैन
समयसँग उर्फ माफी माग
आफ्नै जीवनसँग
कहाँ बगाइरहेछौ समय !
कहाँ लगाइरहेछौ जिन्दगी !

 

बाग्लुङ
हाल काठमाडौं