

सागर भण्डारी ‘विभोर’ (अफ्रिका)
हिजो सम्म रोएकै हो
तर आज सित्तैमा पाएको
मदिरा र मासुले
भोलि रुनु पर्ने आँसुको
कथा बिर्सेर यिनीहरु
नाच्दै गाउँदै
उत्सव मनाउदै
बिभिन्न गुटहरूका
झन्डा र झोला बोक्दै
आफ्नै सन्ततिहरुको
दुर्भाग्य लेख्दै
जुलूस निकालेको देख्दा
र
देशलाई बन्दी बनाएर
आफू पराधीनताको पिञ्जडाबाट
टाउको निकालेर
स्वतन्त्र छु भनेको देख्दा
मलाई धिक्कार लाग्छ
आफ्नो सन्ततिको र देशको
भविष्य भोटमा बेचेको देख्दा
मलाई धिक्कार लाग्छ
गुट र गठबन्धनका लागि
हिजो अस्ति बनाइएका
केही थान झण्डाका टुक्राहरुले
देश भन्दा माथि हुन खोजेको
दुस्साहस देखेर यस्तो लाग्छ
विस्वकै पृथक इतिहास
बोकेको नेपालको राष्ट्रिय
झण्डामा अङ्कित चन्द्र सूर्यमा
केही छिन ग्रहण लागेको छ
यि अन्धभक्तहरूको आस्था देखेर
देश आत्महत्याको प्रयास गरीरहेछ !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
