कुमाराज सुबे

 

नशालु त्यो हेराई तिम्रो, माधुर्य छ बोली
छिन् छिन् चुरा बजाउदै जीवन ज्वोती कात।

हिजो मात्रै लाग्छ, म जालमा परेको
रातो सिन्दूर मायाको तिमी सजाऊ माथ ।

टुन्न नदेऊ डोरी त्यो युगौ टिक्ने मायाको
रुन्छ आत्मा दुबैको बिछोडमा न्यानो साथ ।

तिमी पुर्व म पश्चिममा रमाउन लागे
न्याय हुन्न कसैलाई हात लाग्छ घातै घात ।

यो जीवनको चौतारीमा, बिसाऊ तिम्रो भारी
तोड बन्धन झन्झटको समाई यो कोमल हात ।

रहर गर तिमी मात्र म गरूँला ती पूरा
भय पनि वसन्तमा हिम उल्कापात ।

नशालु त्यो हेराई तिम्रो, माधुर्य छ बोली
छिन् छिन् चुरा बजाउदै जिबन ज्वोति कात।