एच. एन पाण्डे

 

शिंह रूपी सिंहासन
उजाड हुने देखि
लाज पचाएर आए
रातो सेतो पहेंलो
झन्डा बोकि आए
” ब्रेन वाश” गर्न भनी
संगीत बोकी आए
झम झम नचाउँन भनी
बाजा बोकी आए
तपाइलाइ नोट, मलाइ भोट
गजबको एक सम्झौता बोकी आए
चिप्ला कुरा टनाटन्
बोरै बोकी आए

धेरै परिश्रम मैले गरे
थोरै तपाईंले गरिदिनुस्
मेरो चुनाव चिन्नमा
स्वोस्तिक छाप लगाइदिनुस्
म तपाईंको राहदानिमा
मेरो छाप लगाइदिन्छु
हिसाब बराबर
तपाईं पाँच बर्षका लागि खुसी
म पाँच बर्षका लागि सुरक्षित
दया गर्नुस महोदय
करुणा गर्नुस एस्सो तल झर्नुहोस्
चिप्ला कुरा मस्तिष्कमा भर्नुहोस् ।