केही अघि सम्म तिमीले गर्ने
समानता र जनवादका कुराहरु
यत्रतत्र फ्याँकी
तिमी कुर्सी चढेको
तिम्रो त्यो बोके दाह्री
तिमीले पालेको हैन आफै बढेको
कति चाँडै
तिमीले बिर्सीसक्यौ
क्रान्ति र साम्यवादका कुराहरु
तिमीले भुलिसक्यौ
तिमीले घोकेका र फुकेका
मीठा र तीखा भाषणहरु
तिमीले पारदर्शी टालोले
लाज टालेका छौ
निरीह वानर सेना कजाउन
बोके दाह्री पालेका छौ
तिम्रो बोके दाह्रीमा शंका गर्ने
ऐरे गैरे खैरे जैरे सबैछेउ
नबोलाए पनि पुगेका छौ
ए बाबा यो त नक्कली हो
शंका नगर भन्दै ढोगेका छौ
लालचबस तिमिले
नेपाली टोपीको स्वाभिमान गालेका छौ
वानरसेनाको मन राख्नै भएपनि
बोके दाह्री पालेका छौ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला