त्यो अतीत
मेरो आजको वर्तमान जूनेली रात झैं
कहिले उज्यालिँदै
कहिले धमिलिँदै
एक तमासको
दु:ख भरी
कहाँनी रच्छ

जहाँ जाऊँ
जहाँ बसूँ
सधैं एकसाथ रहन्छ
मेरो भोलिको भविष्यको
सुनौलो जलप
पैयुँ रुखको बोक्रा जस्तै
भुइँभरी-भरी झारिदिन्छ

युवराज घलेभाइ

उफ !
‘म’ अझै कति
सहनशीलता जपिरहुँ
क्रमशः क्रमशः बेला बित्छ
पुनः दिन दोहोरिन्छ
रात लम्बिन्छ
सपना बिरमाइलो बन्छ
प्रेम चुइँकिन्छ

मेरो आजको वर्तमानले
भविष्यको यस्तै कति
उदास-उदास क्षितिज औंल्याउँछ
दिनभरिको उज्यालो घाम
जहाँ सुस्तरी निदाउँछ
छाँगोबाट रुँदै सधैं
चट्टान – चट्टान टक्करिद‌ै
झर्ने झरना देख्यौं
त्यही न‌ै त हो
मेरो जीवनको अतीत
आजसम्म समुन्द्र नाघ्दैछु
भोलि महासागर पुग्नु छ
तूफानसँग रुमलिनु छ
आफ्नोपनको लागि
संघर्ष गर्नु छ
खहरेको मीठो पानी ‘म’
नुनिलो भई बस्नु छ !

गान्तोक सिक्किम